Rule 30
अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले पालन गर्नु पर्ने शर्तहरू

(१) अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले देहायका शर्तहरू पालन गर्नु पर्नेछ ः–
(क) जुन कार्यको लागि अनुमतिपत्र प्राप्त गरेको हो सो कार्य भन्दा बाहिर गएर कार्य नगर्ने,
(ख) प्रचलित कानुन र विभागबाट समय समयमा निर्धारित मापदण्ड (नम्र्स) को अधीनमा रहनु पर्ने ।
(२) अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले उपनियम (१) विपरीत कुनै कार्य गरेको पाइएमा महानिर्देशकले निजको अनुमतिपत्र अवस्था अनुसार बढीमा छ महिनाको लागि निलम्बन गर्न वा खारेज गर्न सक्नेछ ।
(३) अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाको काम कारबाहीबाट नेपाल सरकार वा कुनै व्यक्तिलाई हानी नोक्सानी हुन गएमा महानिर्देशकले अनुमतिपत्र खारेज गरी निजबाट सो हानी नोक्सानी बापतको क्षतिपूर्ति सम्बन्धित पक्षलाई भराई दिन सक्नेछ ।